राजनीति

सुधन गुरुङमाथि अनुसन्धान सकियो, प्रतिवेदन लेख्दै समिति

Banner

काठमाडौं, जेठ १८-

पूर्वगृहमन्त्री तथा हामी नेपालका संस्थापक सुधन गुरुङमाथिको अनुसन्धान सकिएको छ । सरकारले गठन गरेको समितिले अनुसन्धान सम्पन्न गरेको प्रवक्ता अच्युतमणि नेउपानेले बताए ।
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गरेको थियो ।

समितिले गुरुङको सम्पत्ति र उनले तिरेको करसहित अन्य विवरण अध्ययनका लागि जेठ चार गतेबाट काम थालेको थियो । १५ दिनको समय पाएको समितिको कार्यावधि यही जेठ १९ गते मंगलबार सकिँदैछ ।

पूर्वगृहमन्त्री गुरुङमाथि अकुत सम्पत्ति कमाएको आरोप लागेका थियो । जेनजी आन्दोलन यता गरिएको शेयर कारोबार तथा जग्गा खरिद शंकास्पद भएको, निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र गृहमन्त्री भएपछि बुझाएको विवरण फरक परेको देखिएको थियो ।

सम्पत्ति शुद्धीकरणमा छानबिनमा रहेका व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदार समेत रहेको देखिएपछि उनीमाथि अनुसन्धान अघि बढेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>