देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५३६ जनालाई कारबाही

०
Banner

काठमाडौं ,कात्तिक १९-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत २१, रातोबत्तीमा १० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १०५, हर्न निषेधमा ६, लेन क्रसमा १ एकतर्फीमा २ र अन्यमा ३१० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>