राजनीति

‘लिस्ट डेभलप’बाट तत्काल ग्राजुएट नहुन प्रधानमन्त्रीले दिए यस्तो तर्क

Banner

काठमाडौँ, जेठ १७-

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल ग्राजुएट नहुने बताएका छन् ।

सरकारले लिस्ट डेभलप कन्ट्रीबाट तत्काल नहट्नेगरी राष्ट्रसंघलाई लेखेको पत्रका विषयमा नेकपाका सांसदले प्रश्न उठाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री शाहले तत्काल अल्पविकसित राष्ट्रको सूचीबाट नहट्ने भन्दै चीनको उदाहरण दिएका छन् ।

“हामी तत्काल लिस्ट डेभलप कन्ट्रीबाट हटिहाल्ने पक्षमा छैनौँ, किनभने यो सूचीबाट हटेपछि हामीले पाउने आर्थिकसहितका सुविधा हट्नेछन्,” प्रधानमन्त्री साहले भने, “यसमा म चीनको उदाहरण दिन्छु । केही समय अघिसम्म चीन अल्प विकसित देशको सूचीमा थियो । जबकी त्यहाँ विकास धेरै नै भइसकेको अवस्था थियो । त्यसकारण हामी पनि सूचीबाट हट्नका लागि हतार गर्दैनौँ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>