राजनीति

१०० स्थानीय तहको प्रमुखमा महिलालाई उमेदवार बनाउँछौँ: कांग्रेस सभापति थापा

Banner

काठमाडौं, जेठ १६-

नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा १०० स्थानीय तहको प्रमुखमा महिलालाई उमेदवार बनाउने भएको छ ।

कांग्रेस सभापति गगन थापाले सानेपामा आयोजित कार्यक्रममा उक्त घोषणा गरेका हुन् । शनिवार आयोजित नेपाल थारु संघको अधिवेशनमा उनले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताए । ुुअर्को साल निर्वाचन छ, स्थानीय चुनाव आउँछ, प्रदेशको चुनाव आउँछ, यो पटक कम्तीमा पनि ७५३ मध्ये हामीले १०० पालिकामा नेपाली काँग्रेसको पार्टीको तर्फबाट मेयर अथवा अध्यक्षको उम्मेदवार महिला बनाउनेगरी काम गर्नुपर्नेछ, अहिलेदेखी काम गरौँ, अहिलेदेखी कोसिस गरौँ । यसको लागि हामी सबै लाग्नुपर्छ,ुु उनले भने ।

उमेदवार छनोट र तयारीलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्युरो गठन गरेको उनले बताए । साथै, नेतृत्व विकासका लागि ‘लीडरशिप एकेडेमी’ नामक छुट्टै संरचना स्थापना गरिएको र त्यसको लागी छिट्टै खुला आह्वान गरिने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>