राजनीति
‘गणतान्त्रिक पद्धतिलाई स्थापित गर्नुपर्छ’
०

कर्णाली, जेठ १५-
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राज्य संयन्त्रमा भएका परिवर्तनलाई सबै जनताले अनुभूत गर्नसक्ने हुनपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले नेपाली जनता सार्वभौम बनेको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय घटनाकारुपमा यस दिनलाई लिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले सन्देशमा भन्नुभएको छ, “संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रुप लिन सक्दैन । जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ ।” रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























