चितवन विशेष

क्यान्सरले बुवा गुमाएका माझी परिवारका ३ बालकलाई निःशुल्क पढाउँदै पिया

Banner

चितवन, जेठ १४–

प्राणघातक रोग क्यान्सर (अर्बुद)ले बुबा गुमाए । आमा उनीहरुबाट पनि टाढिए । अहिले वृद्ध र अशक्त हजुर आमाको साहारामा बसिरहेका छन् भरतपुर–१६ का माझी परिवारका चार बालक । जेठो १६ वर्षका एनिस माझीले पढाई छाडे । १३ वर्षका सनिस, ११ वर्षका राज र ९ वर्षका रिदम माझी भने स्थानीय भरतपुर–१६ स्थित श्री माध्यमिक विद्यालय ढड्डाघारीमा अध्ययनरत छन् । पढ्नमा बुवाका साथ पाइरहेका यी तीन जना बालकलाई बुवाको निधन पछि पढाई छाड्नुपर्ने अवस्थामा पुगेका थिए । उनीहरुको यो पीडादायी अवस्था देखेपछि युवा व्यवसायी शुभ पेट्रोल्याण्ड प्रा.लि.का संचालक सबल पियाले उनीहरुको पढाईका लागि अभिभावकत्व ग्रहण गरेका छन् ।

तिनै बालकलाई शुभ पेट्रोल्याण्डले अब कक्षा १० सम्मको पढाईको खर्च व्यहोर्ने निर्णय गरेका छन् । उनीहरुलाई विद्यालयमै पुगेर शुभ पेट्रोल्याण्डका संचालक पियाले अध्ययनका लागि चाहिने पोशाक, शैक्षिक सामग्री र विद्यालयलाई खेलकुदको सामग्री हस्तान्तरण गरेका छन् । विहानी समयमा क्यान्सर रोगका बिरामीलाई निःशुल्क अटो सेवा प्रदान गरिरहेका युवा आकाश अर्यालले ती बालकहरुको अवस्था बारे जानकारी गराएपछि पियाले कक्षा १० सम्म पढाउने जिम्मा लिएका थिए । ‘मैले आकाश भाइसंग उनको क्यान्सरका बिरामीका लागि निःशुल्क अटो सेवालाई सहयोग गर्न छलफलमा बोलाएका थिए, त्यसबेला ती बालबालिकाको अवस्था बारेमा जानकारी गराएपछि मैले कक्षा १० सम्म निःशुल्क पढाउने निर्णय लिए, उनीहरुको विद्यालयमै पुगेर अभिभावकत्व ग्रहण गरेको छु’ समाजसेवी पियाले भने–‘मैले स्वर्गीय हजुरबुवा र हजुर आमाको नामबाट छात्रवृत्ति प्रदान गर्दै आइरहेको छु ।’ तीन जनाकै अध्ययनका लागि लाग्ने सबै खर्च व्यहोर्ने बारे जानकारी गराएपछि विद्यालय परिवारले पनि खुशी व्यक्त गरेको छ ।

चार भाइ मध्येका जेठो छोरा एनिश आर्थिक अवस्थाकै कारण पढाई छाडेकाले उनको जीवन पनि सहज बनोस् भन्ने उद्देश्यले समाजसेवी पियाले अन्य सहयोगको तयारी गरेका छन् । जीवनमा अघि बढ्न सहज होस् भन्ने उद्देश्यले कुनै सीपमूलक शिक्षामा जोड्ने चाहना पियाको छ । जेठो एनिशलाई कुक वा कफी बनाउने (बारिस्ता तालिम) दिने योजना बनाएको पियाले बताए । ‘जेठोले पैसाकै कारण पढाई छाडेका रहेछन्, उनलाई आत्मनिर्भर बन्न सकून् र अरुको भर पर्नु नपरोस् भनेर व्यवहारिक तालिम दिलाउने चाहना छ ।

समाजसेवी पियाले यसअघि पनि नारायणी नमुना मावि र नारायणगढस्थित भानु माविमा विपन्न बालबालिकालाई पढाउँदै आइरहेका छन् । नारायणी नमुना मा.वि.का दुई जना बालकहरुलाई कक्षा ५ र ६ देखि सहयोग गरेकोमा अहिले उनीहरु राम्रो ग्रेडसहित एसईई परीक्षा उत्तीर्ण गरेका छन्। त्यस्तै भानु माविकी एक जना बालिकालाई कक्षा १ देखि पढाउँदै आएकोमा उनी अहिले कक्षा ४ मा अध्ययन रहेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>