देश/प्रदेश
चर्चित बेलायती पर्वतारोही सगरमाथाको २०औँ पटक सफल आरोहण गरी फर्कदै

काठमाडौँ, जेठ १०-
चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथाको २०औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फ नयाँ कीर्तिमान कायम गरेका छन्। कीर्तिमानसहित उनी काठमाडौं आइपुगेका हुन्।
दक्षिण–पश्चिम इङ्ल्यान्डको ग्लोस्टरशायर निवासी ५३ वर्षीय कूलले शुक्रबार बिहान सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। उनीसँगै अनुभवी शेर्पा आरोही दोर्जे ग्याल्जेन शेर्पाले पनि २४औँ पटक सगरमाथा आरोहण गर्दै अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।
कूलले सन् २००४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनी विश्वकै सफल विदेशी पर्वतारोहीमध्ये एकका रूपमा परिचित छन्।
यसअघि सन् २०१३ मा उनले माउन्ट नुप्से,सगरमाथा र माउन्ट लोप्से एकै सिजनमा आरोहण गर्ने पहिलो बेलायती आरोही बनेर इतिहास रचेका थिए। त्यस्तै, सन् २०२१ मा उनले सगरमाथा आरोहण गरेको २९ घण्टाभित्रै ल्होत्से पनि आरोहण गरेका थिए।





























