अन्तर्राष्ट्रिय
‘कक्रोच जनता पार्टी’का संस्थापक दीपकेलाई ज्यान मार्ने धम्की
०

नयाँ दिल्ली,जेठ १०-
कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । सामाजिक सञ्जाल ‘एक्स’मा केही ह्वाट्सएप म्यासेजका स्क्रिनसटहरू सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सार्वजनिक गरेको धम्कीहरूमा सुन, खाता बन्द गर्नका लागि पैसा पाउनेछौ। नत्र हामी तिमीलाई अमेरिकामा पनि मार्न सक्छौँ लेखिएको छ । त्यस्तै अर्को एक म्यासेजमा भनिएको छ, हामीसँग तिम्रो नम्बर छ। तिम्रो घर पत्ता लगाउन हामीलाई समय लाग्दैन ।
किन धम्की दिइयो ?
दीपकेले ‘नीट’ परीक्षाको प्रश्नपत्र लिक भएको विषयलाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै अनलाइन हस्ताक्षर अभियान सुरु गरेका थिए । यो अभियानमा करिब ३ लाख बढीले हस्ताक्षर गरिसकेका छन् । यही अभियानका कारण आफूलाई ज्यान मार्ने धम्की आएको दीपकेको आरोप छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























