अन्तर्राष्ट्रिय

६ दिनमै कक्रोच जनता पार्टीका फलोअर २ करोड ९ लाख पुगे

Banner

काठमाडौं,जेठ ९-

कक्रोच जनता पार्टी (सीजेपी) लाई इन्स्टाग्राममा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई भन्दा दोब्बर धेरैले फलो गरेका छन् । शुक्रबारसम्म सीजेपीलाई करिब २ करोड ९ लाखले फलो गरेका छन् । भाजपाको एकाउन्टमा भने ८८ लाख फलोअर छन् । कक्रोच जनता पार्टीका नाममा वेबसाइट पनि खोलिएको छ । पार्टी खोलिएको ६ दिन मात्र भएको छ ।

वेबसाइटमा दिइएको जानकारीअनुसार ७२ घण्टामै पार्टीका १ लाखभन्दा बढीले सदस्यता लिएका छन् । त्यस्तै दुई जना लोकसभा सदस्य पनि पार्टीको बोर्डमा रहेको जानकारी दिइएको छ । तृणमूल कांग्रेसका सांसदद्वय महुआ मोइत्रा र कीर्ति आजादले पार्टीलाई समर्थन गरेको बताएका थिए । सीजेपीको वेबसाइटमा पनि सांसदद्वयले सीजेपीको सदस्यता सार्वजनिक रूपमै स्वीकार गरेको उल्लेख छ ।

महुआ मोइत्राले सीजेपीको पोस्ट सेयर गर्दै उनी पनि ‘एन्टी–नेसनल पार्टी’ को सदस्य बन्न चाहेको बताएकी थिइन् । साथै कीर्ति आजादले पनि पार्टीमा सहभागी हुन के–के योग्यता चाहिन्छ भनेर सोधेका थिए । यसमा सीजेपीले पनि जवाफ दिएको छ कि, ‘१९८३ को विश्वकप जित्नु नै काफी छ ।’ भारतले १९८३ को विश्वकप जित्दा कपिलदेवको कप्तानीमा कीर्ति आजाद पनि टिम सदस्य थिए ।

यतिबेला भारतमा ‘मैं भी ककरोच’ अर्थात् ‘म पनि कक्रोच’ अभियान चलाइएको छ । सीजेपीले आफूलाई अल्छी र बेरोजगारहरूको आवाजका रूपमा प्रस्तुत गरेको छ । भारतीय प्रधानन्यायाधीश सूर्यकान्तले युवाहरूलाई अल्छी र कक्रोच भनेपछि प्रतीकात्मक रूपमा अभियानको नाम राखिएको हो ।

सीजेपीले यसलाई युवाका लागि युवाद्वारा बनाइएको युवाको राजनीतिक मञ्चका रूपमा दाबी गरेको छ । केही दिनमा यस अभियानमा लाखौं युवा जोडिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>