देश/प्रदेश

प्रदेश प्रमुख खापुङलाई आयोगको प्रतिवेदन

Banner

विराटनगर, जेठ ८ –

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुस्लिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज ग्रहण गर्नुभएको छ । आयोगका कार्यवाहक अध्यक्ष मोहमदिन अलीले एक समारोहकाबीच सो प्रतिवेदन प्रमुख खापुङलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन व्यवस्थित एवं वैज्ञानिक रहेको बताउनुभएको छ । उहाँले आफ्ना काम, कर्तव्य तथा सामाना गर्नुपरेको कठिनाइका बाबजुद पनि आयोगलाई जीवित एवं सशक्त बनाउने प्रयास सराहनीय रहेको बताउनुभयो ।

प्रदेश प्रमुख खापुङले आयोगको समस्या आयोगको मात्र नभएर देशको भएकाले देखिएका समस्या समाधान हुन सकेमा मात्र देश समृद्ध हुनेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई कायम राख्न सरकारले आयोगले देखाएका समस्यालाई समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा आयोगका अध्यक्ष अलीले संविधानमा व्यवस्था भएबमोजिम कानुनको परिधिभित्र रहेर आयोगले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले समुदायस्तरबाट आएका सुझाव र समस्यालाई समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>