अर्थ
सुनको भाउ घट्दा चाँदी बढ्यो , कतिमा हुदैँछ कारोबार ?
०

काठमाडौँ, जेठ ८ –
हिजो तोलामा १८ सय रुपैयाँ बढेको सुनको भाउ आज एकसय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँमा कायम भएको छ।
अघिल्लो दिन सुनको भाउ तोलाको २ लाख ९३ हजार ८०० रुपैँयामा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने बढेको छ। चाँदी तोलामा ६५ रुपैयाँ बढेर ५ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहिबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५० रुपैयाँ थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























