राजनीति
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय
०

काठमाडौँ, जेठ ६-
विना तयारी भरपर्दो व्यवस्था नगरी सुकुमबासीका बसिरहेका बास भत्काएर मासिक १५ हजार ३ महिनालाई दिने निर्णय अमानवीय रहेको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ ।
एमाले सांसद गुरु बरालले प्रतिनिधिसभाको जारी बैठकमा यो विषय उठाएका हुन् । बसिरहेको स्थानबाट उठाएपछि स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने सरकारले अस्थायी बसोबासको लागि भन्दै २५ हजार दिने निर्णय गर्नु अमानवीय रहेको सांसद बरालले बताए ।
उनले ५ जना सदस्य भएको परिवारलाई जेठ, असार र साउन ३ महिनाका लागि १५००० दिने निर्णयले एक जनालाई दिनको १०० रुपैयाँ हुने बताए । सँगै उनले १०० रुपैयाँले एक दिनलाई पुग्छ कि पुग्दैन भनेर प्रश्न गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























