राजनीति
प्रतिनिधिसभाः सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
०

काठमाडौँ,जेठ ६ –
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन थाल्नुभएको छ ।
बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । तत्पश्चात् सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन आग्रह गर्दै प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै यस्ता अभद्र व्यवहार नगर्न चेतावनी दिनुभयो ।
सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























