देश/प्रदेश
टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न
०

काठमाडौं, जेठ ६-
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको छ । कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेकोमा सर्वसाधारणबाट २९ लाख ४८ हजारभन्दा बढी आवेदन परेको थियो ।
अत्यधिक मागका कारण गोलाप्रथा प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको हो । जसअनुसार २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी रहेको ५ कित्ता शेयर थप गरी ५ जना लगानीकर्ताले ११–११ कित्ता शेयर प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























