देश/प्रदेश

रानी सैन गइरहेको टोलीमाथि हुम्लाका नागरिकले गरे आक्रमण, पाँच जना घाइते

Banner

बाजुरा, जेठ ६-

मंगलबार बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा झडप भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली अपि सैपाल हिमालको ब्यस क्याम्प रानी सैन भ्रमणमा गएको बेला झडप भएको हो ।

झडपका क्रममास् हुम्लीले आक्रमण गर्दा पाँच जना सामान्य घाइते भएका छन्।घाइते हुनेमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा,हिमाली गाउँपालिका ३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ बर्षिया लक्ष्मी गुरुङ, २४ वर्षीय मिनु कुवँर र प्रहरी चौकी बिच्छ्यामा कार्यरत महेश धामी रहेका छन् ।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाल,हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल,उपाध्यक्ष राजकला सार्की, प्रशासकीय अधिकृत सहित ४० जनाको टोली रानिसैन हिँडेको वेला झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए ।

ड्रोनबाट भिडियो खिच्ने क्रममास् हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका २ थाली गाउँका करिब दुई सय बढी स्थानीय आक्रोशित भई वादविवाद र हातपात हुँदा पाँच जना घाइते भएको जानकारी दिए । घाइते सबैको ढाड, गर्धन, छाती, र खुट्टामा चोट लागेको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

करिब तीन सय हुम्ली जनताले अराजक शैलीमा हात हालाहाल गरेका हुन्।झडप पछि घाइतेलाई लिएर टोली गन्तव्य स्थानमा नपुगी त्यहाँबाट फर्केको हुन्।विगत लामो समय बाजुरा जिल्ला हिमाली गाउँपालिका–३ लाम्पाटा र चिया चौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासीहरूले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन् ।

रानी सैन, च्याचौर र लाम्पाटा क्षेत्र नापी,लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार बाजुरा जिल्ला अन्तर्गत पर्ने भूमि हो।यस क्षेत्रमा विकास निर्माणमा अवरोध सिर्जना गर्नु तथा स्थानीय र भ्रमण टोलीमाथि आक्रमण गर्नु निन्दनीय कार्य मानिएको छ ।

यस क्षेत्रको शान्ति सुरक्षाको लागी हिमाली गाउँपालिका–३ लाम्पाटा स्थित च्याचौरमा अस्थायी प्रहरी चौकीको भवन निर्माण कार्य भइरहेको छ । २०८३ जेठ ३ गते लाम्पाटा स्थित अस्थायी प्रहरी चौकी निर्माण हुने स्थानमा निर्माण तथा सिमाना सम्बन्धी स्थानीय बिच विवाद उत्पन्न भएको थियो ।

अस्थायी प्रहरी चौकी निमार्ण तथा सिमाना विवादकै कारण हुम्ली जनताले निन्दनीय आक्रमण गरेका हुन् । यो घटना पश्चात् सिंगो बाजुरेली जनताले आक्रोश पोखेका छन् । हुम्ली जनताको यस्तो निन्दनीय कार्यको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग समेत गरेका हुन् । अहिले यो घटनाले सामाजिक सञ्जाल तातेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>