देश/प्रदेश

काठमाडौं वडा नं २२ को बृहत् महोत्सव

Banner

काठमाडौं,जेठ २ –

काठमाडौं महानगरपालिका वडा नं. २२ क्षेत्रमा आज बृहत् वडा महोत्सव आयोजना गरिएको छ। महोत्सवमार्फत वडा क्षेत्रभित्र रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा व्यावसायिक सम्पदाको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।

वडा अध्यक्ष चिनी काजी महर्जनका अनुसार वडा क्षेत्रका जीवन्त कला, संस्कृति र स्थानीय पहिचानलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सव अन्तर्गत नयाँ सडक, प्युखा, वटु, सुन्धारा, टेबहाल, धर्मपथ र खिचापोखरी लगायतका स्थानमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रममा धिमे बाजा प्रतियोगिता, दीपक बज्राचार्य एण्ड रिदम ब्यान्ड तथा कुटुम्ब को लाइभ प्रस्तुति समेत रहेको छ भने साथै स्थानीय कलाकारद्वारा परम्परागत बाजा, नृत्य तथा गीत प्रस्तुत गरिएको छ।

महोत्सवमा १५० भन्दा बढी हस्तकला, घरेलु उत्पादन, रेडिमेड पोशाक, जुत्ता, ब्याग, मोबाइल तथा इलेक्ट्रिक सामग्रीका स्टल राखिएका छन् भने ५० भन्दा बढी परम्परागत तथा अन्य खानाका परिकारको प्रदर्शनी गरिएको छ।

यसैगरी भाषा साहित्य महोत्सव, सम्मान कार्यक्रम, ऐतिहासिक तस्बिर तथा चित्र प्रदर्शनी, बाल मनोरञ्जन कार्यक्रम र ६ स्थानमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको आयोजकले जनाएको छ।

स्थानीय कला, संस्कृति र व्यवसायलाई प्रवर्द्धन गर्दै समुदायबीच आपसी सम्बन्ध बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यो महोत्सवमा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>