देश/प्रदेश

कलेवर परिवर्तन सम्पन्न भएपछि सर्वसाधारणका लागि खुल्यो ऐतिहासिक जयवागेश्वरी मन्दिर

Banner

काठमाडौँ, जेठ १ –

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरमा हरेक १२-१२ वर्षमा गरिने कलेवर परिवर्तन सम्पन्न भएपछि आजदेखि सर्वसाधारणका लागि मन्दिर खुला गरिएको छ।

करिब ६ महिनादेखि बन्द रहेको मन्दिरमा कलेवर परिवर्तन कार्य सम्पन्न भएपछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट विशेष पूजा तथा दर्शन गरिएपछि आज देखि भक्तजनका लागि प्रवेश खुला गरिएको हो।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जयवागेश्वरी मन्दिरमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको धार्मिक विश्वास छ। यही कारण यहाँको गणेश मूर्तिमा सूँढ नरहेको विशेषता रहेको छ।

इतिहासअनुसार कलिगत संवत् ३२३२ मा निर्माण सुरु भएको मन्दिर ४७ वर्षपछि संवत् ३२७४ मा निर्माण सम्पन्न भएको उल्लेख पाइन्छ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>