देश/प्रदेश
पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’
०

पाँचथर, वैशाख ३१-
हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा जिल्लाका छ वटा विद्यालयको नतिजा ‘ननग्रेडेड’ आएको छ ।
एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा ननग्रेडेड भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा नियमिततर्फ साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक हजार ३४ जना ‘ग्रेडेड’ भएका छन् । जुन कूल सङ्ख्याको ४९ प्रतिशत हो ।
यस्तै प्राविधिक धारतर्फ १२२ जना विद्यार्थी परीक्षामा सामेल भएकामा ६२ जना ग्रेडेड भएका छन् । जिल्लामा दुई जना विद्यार्थी चार जिपीएसहित ग्रेडेड भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















