देश/प्रदेश
प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीले लिए शपथ
०

काठमाडौं, वैशाख ३१-
संघीय संसद्, प्रतिनिधिसभाको सचिव प्रकाश अधिकारीले शपथ लिएका छन् ।
सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।
विहीबार सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख डोलप्रसाद अर्यालले सचिव अधिकारीलाई शपथ गराएका हुन् ।
अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त भएका थिए । न्यूज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
































