देश/प्रदेश

ओम शान्ति एकेडेमीको एसईई २०८२ मा उत्कृष्ट नतिजा, दुई विद्यार्थीले ल्याए ४ जीपीए

Banner

चितवन, वैशाख ३०-

चितवनको ओम शान्ति एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । विद्यालयका प्राचार्य टेक बहादुर श्रेष्ठका अनुसार विगत जस्तै यस वर्ष पनि विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गरेको हो । विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीमध्ये दुई जनाले ४ जीपीए प्राप्त गरेका प्राचार्य श्रेष्ठले जानकारी दिएका छन् ।

उनले विद्यार्थीको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको विश्वासका कारण यो सफलता सम्भव भएको बताए। विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राख्दै आएको छ । विद्यालयमा प्रविधिमैत्री कक्षा, व्यवस्थित प्रयोगशाला, समृद्ध पुस्तकालय तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिइँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>