राजनीति

एमाले संसदीय दलको उपनेतामा अर्याल

Banner

काठमाडौँ, वैशाख २९ –

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गर्नुभएको प्रमुख सचेतक ऐन महरले बताउनुभयो । एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुनुहुन्छ ।

पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>