राजनीति
राष्ट्रियसभा अन्तर्गत दुई वटा संसदीय समितिका बैठक बस्दै
०

काठमाडौं,बैशाख २९-
राष्ट्रियसभा अन्तर्गतको दुई वटा संसदीय समितिका बैठक बस्दै छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३१औँ बैठक र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३१औँ बैठक दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा भूमिहीन नागरिकहरूलाई अस्थायी रुपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ ।
यसैगरी, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गण्डकी प्रदेशमा भएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























