समाचार

एसइईः ६५ दशमलव९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

Banner

काठमाडौं, वैशाख २८-

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजाअनुसार यस वर्ष ६५ दशमलव९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ जना परीक्षार्थीले ‘एनजी’ (नन ग्रेडेड) ल्याएका छन्।

परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये मूल्याङ्कनमा परेका २ लाख ८४ हजार १ सय ६० जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन्।

सबैभन्दा उच्च जिपिए (३ दशमलव६) देखि ४ दशमलव ०० सम्म) ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ। त्यसैगरी, जिपिए ३ दशमलव२० देखि ३ दशमलव ०० सम्म ल्याउने उत्कृष्ट विद्यार्थीको सङ्ख्या ८० हजार ३ सय ७२ जना रहेको छ।

परीक्षामा जिपिए २ दशमलव ८० देखि ३ दशमलव२० सम्म प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या सबैभन्दा धेरै अर्थात् ९४ हजार २ सय २२ रहेको छ। यस्तै, जिपिए २ दशमलव ४० देखि २ दशमलव ८० सम्म ल्याउने परीक्षार्थी ५५ हजार ९ सय ७७ जना रहेका छन्।

बोर्डका अनुसार जिपिए २ दशमलव ०० देखि २ दशमलव ४० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ५ हजार १ सय ९० रहेको छ। सबैभन्दा कम अर्थात् जिपिए १ दशमलव ६० देखि २ दशमलव ०० सम्म ल्याउने विद्यार्थी जम्मा ७ जना मात्र रहेका छन्।

यसपटकको परीक्षामा सहभागीमध्ये ठुलो सङ्ख्याले ‘एनजी’ प्राप्त गरेका छन्। कुल १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थी ‘एनजी’ मा परेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>