समाचार

सपना मल्ल सहित सर्वोच्चका असन्तुष्ट तीन न्यायाधीशले राजीनामा नदिने

Banner

काठमाडौं, वैशाख २८-

संवैधानिक परिषद्ले गत बुधबार चौथो वरियताक्रममा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्‍यो । न्यायिक वृत्त नै तरंगित हुनेगरी भएको सिफारिस लगत्तै सर्वोच्च अदालतका केही वरिष्ठ न्यायाधीशहरू तत्काल छलफलमा जुटे ।

भोलिपल्टदेखि नै उनीहरू इजलासमा सहभागी हुन थाले । त्यसपछि सिफारिसबारे मौन पनि छन् । ‘पछिल्लो सिफारिसबाट असन्तुष्ट न्यायाधीशहरू कोही पनि राजीनामा नगर्नेमा करिब करिब एकमत छौं,’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘हिजो मनोज श्रीमान् डा मनोज शर्मा भन्दा माथिल्लो वरिष्ठताक्रममा रहेकादेखि अरू कोहीबाट पनि राजीनामा आउने छैन ।’

स्रोतका अनुसार, ती न्यायाधीशको छलफलमा कसैले पनि राजीनामा नगर्ने, बरू उच्च मनोवलका साथ नियमित काम गर्दै जाने सहमति भएको थियो ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाल लगायतहरू ‘राजीनामा नगर्ने, बरू नियमित सरह नै काम गर्ने’ समझदारीमा पुगेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>