देश/प्रदेश
गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी
०

काठमाडौँ, वैशाख २७-
कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ । मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको जानकारी दिनुभयो ।
आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएकाले जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।
बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा करिब रु आठदेखि १० लाख रहेको जनाइएको छ । यहाँ मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट गत भदौको जेनजी आन्दोलनपछि हटाइएको थियो । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको थियो ।
पशुपति क्षेत्रस्थित गौचरणमा रहेको नागेश्वर मन्दिर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारका क्रममा गोठाटारमा स्थानान्तरण गरिएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























