राजनीति

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छः अध्यक्ष राई

Banner

बागमती, वैशाख २६-
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गरिनुुपर्ने बताउनुभएको छ ।

आज यहाँ हेटौँडा उपमहानगरपालिका–११ सिमलटारस्थित सुकुमवासी बस्तीका स्थानीयसँगको छलफलमा उहाँले संविधानले सुरक्षित गरेको आवासको हक संरक्षण र सम्मानका लागि सरकारप्रतिको संशय चिर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष राईले सुकुमवासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको सुनिश्चितता गरेर मात्रै बाँकी काम गर्न सरकारलाई सुझाव दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>