राजनीति

बाबुरामले छाडे प्रलोपा

Banner

काठमाडौं,बैैशाख २५-

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले पार्टीका सबै जिम्मेवारी त्यागेका छन्। प्रलोपाको अध्यक्ष परिषद्को बैठकपछि शुक्रबार जारी विज्ञप्तिमा डा. भट्टराईले पार्टी छाडेको जानकारी गराइएको छ ।

डा.भट्टराईले कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रूपमा समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने इच्छा व्यक्त गर्दै पार्टीलाई जानकारी गराएका थिए। उनको यस व्यक्तिगत छनौटलाई सम्मान गर्दै प्रलोपाले आगामी व्यक्तिगत तथा राजनीतिक यात्राका लागि शुभकामना दिने निर्णय गरेको अध्यक्ष सन्तोष परियारले जानकारी दिए ।

यसैबीच, पार्टीका अर्का नेता सुदन किराँतीले पनि पार्टी सदस्यमा नरहने गरी सार्वजनिक वक्तव्य दिएको बैठकले जानकारी दिएको छ। बैठकले आगामी महाधिवेशनको तयारी र पार्टी संगठन सुदृढीकरणका विभिन्न निर्णयहरू समेत गरेको परियारले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>