अन्तर्राष्ट्रिय

होर्मुज जलमार्गमा इरान र अमेरिकाबिच फेरि झडप

Banner

काठमाडौं,बैैशाख २५

जलमार्ग होर्मुज स्ट्रेटमा अमेरिका र इरानबिच फेरि झडप भएको छ। इरानको अर्धसरकारी समाचार एजेन्सी फार्सका अनुसार, होर्मुज स्ट्रेटमा शुक्रबार इरानको सशस्त्र सेना र अमेरिकाको नौसेनाबिच झडप भएको हो।

यसैबिच अमेरिकी केन्द्रीय कमान्डले ओमानको खाडीमा रहेको इरानी बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा इरानी झण्डा बोकेका दुई खाली ट्यांकरमा आक्रमण गरिएको जनाएको छ। यसअघि बिहीबार राति पनि होर्मुजमा अमेरिका र इरानबिच गोलाबारी भएको थियो। अमेरिकाले होर्मुज स्ट्रेटमा इरानले अमेरिकी जहाजमा आक्रमण गरेपछि जवाफ दिइएको दाबी गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>