देश/प्रदेश

मुगुमा निःशुल्क शैक्षिक सामग्रीले विद्यार्थीलाई राहत, दातृ संस्थाप्रति खुशी

Banner

मुगु, वैशाख २५-

मुगुको शैक्षिक गुणस्तर सुधार गर्ने र आर्थिक रुपमा बिपन्न तर जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याउन शैक्षिक सामग्री निःशुल्क वितरण भइरहेको छ ।

गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडाक नेपाल मुगुद्घारा संचालित आइसीडिपी परियोजना अन्र्तगत शैक्षिक सामग्री वितरण हुँदै आएको हो ।

‘हाम्रो मुगु, राम्रो शिक्षा’ अभियान अन्तर्गत छाँयानाथ रारा नगरपालिकलगायत चार स्थानिय तहका ६० विद्यालयका १४ सय १६ जान विद्यार्थीहरुलाई सन् २०१८ बाट यस्तो कार्यक्रम संचालन गरिरहेका हौं । ४ देखि १८ बर्ष उमेरसम्म सामूदायक बिद्यालयमा अध्यनरत प्रतिव्यक्ति २२ सय ३३ रुपैंयाँ का दरले प्रतिब्यक्तिलाई पोशाक, झोला, जुत्ता, कापी, कलम, सिसाकलम, कटर मेटर, सामग्री सहयोग गरिरहेको छौं,’ किडाक नेपाल मुगुका कार्यक्रम संयोजक कर्णजंङ्ग शाहीले भने ।

साथै विद्यार्थीहरुलाई जनचेतनामुलक सन्देश, तालिम गोष्टी, सेमिनार र अभिभावकहरुलाई अभिभावक शिक्षा दिनुका साथै प्रतिव्यक्ति उपचार खर्चवापत बाषिक ५० हजार ,उच्च शिक्षा पढ्नेलाई प्रतिव्यक्ति ३ हजार नगद सहयोग गर्दै आइरहेको उनले जानकारी दिए ।

आर्थिक, भौतिक, शैक्षिक लगायतका हिसावले पछि परेको जिल्ला मुगुमा यस्ताखाले कार्यक्रमले सहज बनाएको विद्यार्थी आषिक बोहोराले बताए ।

आफ्नो छोराले निशुल्क पोषाकदेखि अन्य सामग्री किनेर दिन नसकिरहेको बेला यस्तो सहयोगले ठूलो राहत मिलेको स्थानीय अभिभावक टेक बहादुर बोहोराले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>