देश/प्रदेश

‘प्राविधिक समस्याले पेसी सार्वजनिकमा ढिलाइ’

Banner

काठमाडौँ, वैशाख २५ –

सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण पेसी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ ।

संवैधानिक परिषद्को सिफारिसका विषयलाई लिएर पेसी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समयमै पेसी तोकिएको हो, सूचना प्रविधिमा आएको प्राविधिक समस्याले ढिलाइ भएको हो ।”

प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेसी करिब दुई घण्टा ढिलागरी मात्रै सार्वजनिक भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>