अर्थ
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
०

धनगढी, वैशाख २५ –
निर्माण व्यवसायी संघ, कैलालीको अध्यक्षमा दीर्घराज जोशी र केही पदाधिकारी सर्वसम्मत चयन हुँदा महासचिव र खुल्ला सदस्य पदका लागि निर्वाचन भएको छ ।
महासचिव पदमा दीर्घराज जोशी प्यानलका अमर बहादुर खड्का र स्वतन्त्र उम्मेदवार किरण रावलबिच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै खुला सदस्य पदका लागि विनोद विष्ट, शिवराज सापकोटा, टेकराज जोशी, चक्रबहादुर मल्ल, टेकबहादुर खड्का, रुद्रप्रसाद पन्त र भोजराज रेग्मीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । अध्यक्षा सर्वसम्मत चयन भएका जोशीले व्यवसायीहरूको हकमा काम गर्ने बताएका छन् । न्यूज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























