देश/प्रदेश
लक्ष्मीपुरमा कृषि तथा पोषण मेला
०

सिरहा वैशाख २५-
स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा ‘कृषि तथा पोषण मेला’ आयोजना भएको छ ।
राष्ट्रिय कृषक समूह महासङ्घअन्तर्गतको पोषण परियोजनाले बिहीबार स्थानीय पालिकासँगको समन्वयमा मेला आयोजना गरेको हो ।
प्रमुख अतिथि मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ताले मेलाको उद्घाटन गर्दै कृषकहरूलाई पोषणयुक्त र अर्गानिक कृषि उत्पादनमा लाग्न अनुरोध गर्नुभयो ।
मेलामा स्थानीय ३१ वटा कृषक समूहका उत्पादन समावेश थिए । मेला स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने र समुदायमा पोषणको महत्वबारे जानकारी गराउन आयोजना गरिएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























