राजनीति
सरकारले खारेज गर्यो १२ ट्रेड युनियनको दर्ता
०

काठमाडौं, वैशाख २३-
सरकारले १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ। खारेज गरिएका युनियनमध्ये ८ वटा निजामती कर्मचारीसँग सम्बन्धित छन् भने ४ वटा स्वास्थ्यकर्मीका युनियन रहेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उक्त निर्णय गरेको हो। विभागका अनुसार, संवत् २०८३ सालको अध्यादेश नं। ०७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ का आधारमा पञ्जिकाधिकारीको वैशाख २३ गतेको निर्णयबाट ती युनियनहरू खारेज गरिएका हुन्।
विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपले विभागमा दर्ता भई सक्रिय रहेका राष्ट्रियस्तरका निजामती कर्मचारी तथा स्वास्थ्य सेवा क्षेत्रका ट्रेड युनियनहरूको दर्ता खारेज गरिएको जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























