अटो

चितवनको ‘काडा अटो शो’मा एक अर्ब बढीको कारोबार

Banner

चितवन, वैशाख २२–

चितवनमा सम्पन्न दोस्रो ‘काडा अटो शो’मा एक अर्ब बढीको कारोबार भएको छ ।

चितवन अटोमोबाइल डिलर्स एशोसियन र चितवन अटोमोबाइल एशोसियसनको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका–१० स्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा चार दिनसम्म चलेको अटोमोबाइल मेलामा कार, भ्यान, मोटरसाइकल, स्कुटर विक्री तथा बुकिङ भएका थिए ।

मेलामा एक अर्ब बढीको कारोबार भएको काडा अटो शोका संयोजक राजन पियाले जानकारी दिए । मेला अवधिमा कार ३०, भ्यान १०, मोटरसाइकल/स्कुटर १० वटा बिक्री भएको थियो । यस्तै ११० भन्दा बढी कार, ५७ वटा भन्दा बढी भ्यान र ७० भन्दा बढी मोटरसाइकल/स्कुटर बुकिङ गरिएको संयोजक पियाले बताए । उनका अनुसार मेलामा ८ हजार भन्दा बढीले अवलोकन गरेका थिए । मेलामा कुल ७० वटा स्टल रहेकोे थियो भने ४५ भन्दा बढी ब्राण्डको उपस्थिति थियो ।

चितवन नेपालको समग्र अटोमोबाइल क्षेत्रमा निकै महत्वपूर्ण मानिन्छ । संघीय राजधानी काठमाडौं र पोखरापछि चितवन देशकै तेस्रो ठूलो अटो बजार हो । आर्थिक गतिविधि र शहरीकरणको तीव्र विकाससँगै यहाँ सवारी साधनको माग पनि बढ्दो छ । चितवन अटोमोबाइल डिलर्स एशोसियनका अनुसार यहाँ वार्षिक एक हजार ३ सय भन्दा बढी नयाँ कारहरु बिक्री हुने गरेका छन् । दुई पाङग्रे सवारी मोटरसाइकल भने वार्षिक १० हजार भन्दा बढी विक्री हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>