देश/प्रदेश

आज मिति २०८३ साल वैशाख २२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

Banner

चितवन, वैशाख २२-

वि.सं.२०८३ साल वैशाख २२ गते मंगलबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

अरुका लागि बुद्धि र समय खर्चनु पर्ला । रोकिएका काम दोहोर्याउन सकिनेछ । साहशिक कार्यबाट धनार्जन होला । साथीभाई, आफन्तसंगको भेटघाट रमाइलो हुनेछ । दिनको उत्तारर्ध सुखद रहनेछ ।

वृषः

रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्नेछ । अरुको फाइदाको लागि उपयोग भइएला । आफ्नै निकट व्यक्तिबाट विश्वासघातको सम्भावना देखिएको छ । यो कुरा विचार गर्दै अगाडि बढ्नु राम्रो पक्ष हुन आउने छ ।

मिथुनः

प्रतिस्पर्धीहरुले हार खानेछन् । श्रोत र साधन जुट्नाले दिगो फाइदा हुनेछ । छोटो दुरीको यात्राको सम्भावना देखिन्छ । व्यापार व्यावसायमा वृद्धि हुनेछ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ ।

कर्कटः

लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । मनमा हर्ष, उमंग र उत्साह छाउनेछ । स्त्रीपक्षबाट सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सकारात्मक प्रगति हुनेछ । उद्योग व्यापार व्यावसाय फस्टाउने दिन रहेको छ ।

सिंहः

महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्नेछ । मध्यान्न पछि शुभ समाचार मिल्नेछ । कार्यक्षेत्रमा अनुकूल वातावरण बन्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कन्याः

समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्नेछ । मानसिक चञ्चलता तथा अस्थिरता आजको दिनमा चुनौती बन्न सक्नेछ । आफ्नै कमजोरीले इष्टमित्रहरु टाढिन सक्नेछन् । महत्वपूर्ण निर्णयमा धैर्यपूर्वक सोचविचार गर्नु उपयुक्त हुनेछ ।

तुलाः

अवसर प्राप्त हुनुका साथै किर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । विद्या बुद्धिको विकास हुनेछ । जोशजांगर र हिम्मत बढेर जानेछ । परिश्रमको समुचित प्रतिफल प्राप्त हुनेछ ।

वृश्चिकः

आज स्वादिष्ट भोजनमा रमाइउने समय छ । विद्या बुद्धिको विकास हुनेछ । धन सञ्चितीमा वृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाउला । कार्यक्षेत्रमा प्रतिष्ठा र आत्मविश्वास बढ्नेछ ।

धनुः

स्वास्थ्यमा सुधार हुनेछ । रोकिएर वसेका काम वन्दै जानेछन् । मध्यान्नवाट कार्य क्षेत्रमा प्रगति हुनेछ । व्यापार व्यवसायमा लगानीको समय रहेको छ । शुभ समाचार मिल्नाले मन हर्षित हुनेछ ।

मकरः

आज सौन्दर्यमा धन खर्च हुने समय छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्नेछ । आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । धैर्य र अनुशासनको अभ्यास आज उपयोगी सिद्ध हुनेछ ।

कुम्भः

आयआर्जनमा वृद्धि हुृनेछ । व्यापार व्यावसायमा लाभ हुनेछ । स्वादिष्ट भोजनको अवसर जुट्ने छ । मान प्रतिष्ठा कमाउने बेला छ । अनुहारमा कान्ती, मनमा शान्ती छाउने छ ।

मीनः

बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । व्यापार व्यासायमा वृद्धि हुनेछ । पुराना ऋण चुक्ता गर्दै नयाँ काम सुरुवात गर्ने अवसर प्राप्त हुन सक्नेछ । सरकारी पक्षवाट पनि लाभै हुने समय छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>