राजनीति

सिमामा तस्करीलाई टुलुटुलु हेरेर बस्न सकिँदैनः रवि

Banner

काठमाडौं, वैशाख २०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सीमा क्षेत्रमा हुने खुल्लमखुल्ला तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्।
निजी क्षेत्रसँगको छलफलमा उनले तस्करी नियन्त्रणका लागि सरकारले सीमामा कडाइ गर्नुपरेको बताएका हुन्।

सीमा क्षेत्रका नागरिक सस्तो बजार खोज्दै पारि गएर किनमेल गरी जीवन चलाउने यथार्थ आफूले बुझेको उनले बताए। तर, उपभोक्ताले पारि मात्रै किनमेल गर्दा वारिका स्वदेशी व्यवसायी मर्कामा पर्ने भएकाले उनीहरूको व्यवसाय फस्टाउने वातावरण बनाउनु पनि राज्यको दायित्व भएको उनले औंल्याए।

उपभोक्ताको सहजता र स्वदेशी उद्योगी व्यवसायीको उन्नति दुवैलाई सन्तुलनमा राखेर सरकारले नीति बनाउने तयारी गरिरहेको सभापति लामिछानेको भनाइ छ।

‘बोर्डर एरियामा मान्छेको जीवनशैलीका रूपमा हामी वारिपारि गएर आफ्नो जीवन चलाउँछौँ, तुलनात्मक रूपमा त्यो सस्तो बजार छ,’ उनले भने, ‘तर सँगसँगै वारि व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूको व्यवसाय पनि फस्टाउन जरुरी छ। यो दुईवटै कुरालाई मध्यनजर गरेरै सरकारले नीतिहरू बनाउनुपर्ने हुन्छ।’

सीमामा तस्करी रोक्न खोज्दा केही असन्तुष्टि र आवाजहरू उठे पनि त्यो नियन्त्रण गर्नैपर्ने बाध्यात्मक अवस्था रहेको उनले प्रष्ट पारे। आम सर्वसाधारणको जनजीवन प्रभावित नहुने र व्यवसायीको पनि उन्नति हुने गरी दुई पक्षबीच तालमेल मिलाउन केही समय लाग्न सक्ने भन्दै उनले यसलाई अन्यथा नबुझ्न आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>