देश/प्रदेश
भारततर्फ तस्करी गर्दैगर्दा ६ हजार किलो स्याउ सीमाबाट बरामद
०

काठमाडौं,बैशाख २०-
भारततर्फ अवैद्य रुपमा तस्करी गर्ने क्रममा महोत्तरीबाट ६ हजार किलो स्याउ बरामद गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजान लागेको ६ हजार किलो स्याउ बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले शनिबार महोत्तरीको मनराशीसवा नगरपालिका -२ स्थित सीमा क्षेत्रबाट ६ हजार ९ किलो स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपालमा सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले स्याउ बोकेका प्रदेश ०२-०२-९००१ च ०७२२, प्रदेश १-०४-००१ च ०४१४ र मधेश प्रदेश ०४-००१ च ०३८० नम्बरका तीन वटा गाडी फेला परेको जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























