राजनीति

सुकुम्बासीको पक्षमा घोषणा गरिएको आमहड्तालमा नेकपा (मालेमा) को ऐक्यबद्धता

Banner

काठमाडौं, वैशाख १८ –

संघर्ष नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मालेमा) ले सुकुम्बासीको पक्षमा घोषणा गरिएको आम हड्तालमा आफ्नो पार्टीको ऐक्यबद्धता रहेको जनाएका छन् ।

शक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले डोजर अभियान नरोके सशक्तरुपमा अगाडि बढ्ने चेतावनीसमेत दिएका छन् ।

१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा संघर्षले सुकुम्बासी बस्तीमा भएको अमानविय हर्कत भएको बताएका छन् । ‘सार्वजनिक जग्गा अतिक्रमणको नाममा सुकुम्बासीहरूको घर भत्काउने, बिचल्लि बनाउने र उनीहरूलाई घरको न घाटको बनाउने कार्यलाई हाम्रो पार्टी घोरभत्र्सना गर्दछ’संघर्षले भने ।

सुकुम्बासी समस्या समाधान गर्न सुकुम्बासीहरूको प्रतिनिधि समेत समावेश भएको उच्चस्तरीय आयोग गठन गर्न माग समेत गरेका छन् । सुकुम्बासीहरूलाई तत्काल गाँस, बास र कपासको व्यवस्था र स्थायी व्यवस्थापन नगरिए आफूहरुले कडा आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् ।
‘हालै अखिल नेपाल सुकुम्बासी संघद्वारा गरिएको अमहड्तलमा हाम्रो पनि प्रत्यक्ष सहभागिता रहने छ’संघर्षले भने ।

विद्यार्थी एवं कर्मचारीको संगठनिक अधिकार र सार्वजनिक क्षेत्रको ट्रेडयुनियन अधिकार खोस्ने निर्णय फिर्ता लिनुपर्नेमा उनले जोड दिएका छन् । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>