देश/प्रदेश

नमुना बुद्ध विहारमा सिंहशैय्यासन बुद्धमूर्ति प्रतिष्ठा

Banner

काठमाडौं, वैशाख १८-

२५७०औँ बुद्ध जयन्तीको अवसरमा कंकेश्वरी चिबाख्यःस्थित नमुना बुद्ध विहारमा सिंहशैय्यासन बुद्धमूर्ति प्रतिष्ठा गरिएको छ । शुक्रबार नमुना बुद्ध विहार परिवारले उक्त बुद्धमूर्ति प्रतिष्ठा गरेको हो।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष राजेश श्रेष्ठले वडाबाट बजेट विनियोजन गरी करिब १५ फिट उचाइको बुद्धमूर्ति प्रतिस्थापन गरिएको जानकारी दिए। उनले नमुना बुद्ध विहार, वडा कार्यालय र उपभोक्ता समितिको सहकार्यमा निर्माण कार्य सम्पन्न भइरहेको बताए।

उनका अनुसार मूर्ति निर्माणमा झन्डै २९ लाख रुपैयाँ लागत लागेको छ । साथै ११ जना भक्तजनको सहयोगमा करिब १५ लाख रुपैयाँ बराबरको १० फिटको अर्को बुद्धमूर्ति पनि निर्माण भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>