अन्तर्राष्ट्रिय

इरानसँगको युद्धमा अमेरिकाको हालसम्म २५ अर्ब डलर खर्च

Banner

वाशिङ्टन डीसी, वैशाख १७-

अमेरिकाले इरानसँगको जारी युद्धमा हालसम्म करिब २५ अर्ब डलर खर्च गरिसकेको रक्षा मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले बताएका छन् ।

पेन्टागनका अधिकारीका अनुसार यो नै यस द्वन्द्वको पहिलो आधिकारिक लागत अनुमान हो । वाशिङ्टन डीसीमा भएको संसदीय सुनुवाइमा पेन्टागनका कार्यवाहक कम्प्ट्रोलर जुल्स हष्र्टले सांसदहरूलाई जानकारी दिँदै यो खर्चको ठूलो हिस्सा हतियार तथा गोला–बारुदमा गएको बताए ।

तर उनले यो अनुमानमा मध्यपूर्वका सैन्य आधारहरूको मर्मत तथा पुनर्निर्माण खर्च समावेश छ वा छैन भन्ने स्पष्ट पारेनन् । लामो समयदेखि यस्तो विवरण माग्दै आएको र अन्ततः लागत सार्वजनिक भएकोमा प्रतिनिधि सभाको हतियार सेवा समितिमा रहेका शीर्ष डेमोक्रेट एडम स्मिथले प्रतिक्रिया दिएका छन् । इरानमा खर्च भएको भनिएको २५ अर्ब डलर नासाको यस वर्षको कुल बजेट बराबर भएको बताइएको छ । तर पेन्टागनले यस्तो अनुमान कसरी निकालेको हो भन्ने अझै स्पष्ट छैन । यसअघि एक स्रोतले युद्धको पहिलो ६ दिनमै कम्तीमा ११ अर्ब ३० करोड डलर खर्च भएको जानकारी दिएको थियो ।

यसैबीच अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यो खर्च उचित भएको दाबी गर्दै इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु यसको मुख्य उद्देश्य भएको बताए । उनले सांसदहरूलाई प्रश्न गर्दै भने, इरानले आणविक बम नबनाओस् भन्नका लागि तपाईं कति मूल्य तिर्न तयार हुनुहुन्छ ? राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सुरु गरेको यो युद्धप्रति अमेरिकामा राजनीतिक बहस पनि चर्किएको छ ।

मध्यावधि चुनाव नजिकिँदै गर्दा डेमोक्रेटहरूले यो युद्धलाई महँगो र अलोकप्रिय भन्दै आलोचना गरिरहेका छन् । ट्रम्प प्रशासनले यसलाई आवश्यक कदमको रूपमा बचाउ गरिरहेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>