देश/प्रदेश

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

Banner

चितवन, वैशाख १७-

वि.सं.२०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

द्धेष तथा ईष्र्या गर्नेहरुले हार खानेछन । मिहिनेतले जिवन शैलीमा परिवर्तन ल्याउनेछ । सोचेका काम पूरा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृषः

आदर्श व्यक्तिसंगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । उद्योग व्यापार व्यावसायमा सन्तुष्टी मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुनः

आज आर्थिक कारोवारमा आउन सक्नेछ । रोकिएका काम बन्दै जानेछन् । विद्या बुद्धिको विकास हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कर्कटः

धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । नजिकका मित्रसंग भेटघाट हुनेछ । मध्यान्नबाट वन्न लागेको काम अकस्मात रोकिएला । वेलुकी पख खटपटको सम्भावना सेमत रहेको छ ।

सिंहः

जोशजाँगर र हिम्मत बढ्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यक्तिगत तथा सामाजिक कार्यमा मन उत्साही बन्नेछ । कुनै विशेष कार्यका लागि तपाईको खोजी हुनेछ । इच्छानुसारको भोजनको अवसर जुट्नेछ ।

कन्याः

आज स्वादिष्ट भोजनको अवसर जुट्नेछ । कुटुम्ब तथा आफन्तबाट सुखसहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम हुने समय छ । रमाइलो संग दिन वित्नेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नु राम्रो पक्ष हुनेछ ।

तुलाः

परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । स्वास्थ्यमा सुधार भएर जानेछ । शुभचिन्तकहरुको सहयोग जुट्न सक्नेछ ।

बृश्चिकः

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएको धन हात पर्ने समय छ । मनोरञ्जनमा सहभागी भईने दिन रहेको छ । दिनको उत्तरार्ध वादविवादको सम्भावना । आश्वासन वाड्नेहरुले झुक्याउने छन्, सजग रहनु होला ।

धनुः

आंटेको र ताकेको कार्य सिद्धि हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम बन्ने देखिन्छ । व्यापार व्यासायमा वृद्धि हुनेछ ।

मकरः

आज महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । नयां कार्यको योजना बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफन्तजनसंग भेटघाट हुनेछ । धामिक कार्यमा मन जानेछ ।

कुम्भः

काममा केहि चुनौति देखा पर्नसक्नेछ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । विचारलाई तौलेर मात्र व्यक्त गर्न राम्रो पक्ष हुनेछ । मध्यान्नबाट कार्यक्षेत्रमा प्रगति हुने देखिन्छ ।

मीनः

धनसम्पत्तीको लाभ हुने दिन छ । जीवन साथीलाई केहि पिडा हुने देखिन्छ । दिनको उत्तरार्धमा अकस्मात धन हानिको सम्भावना छ । वन्न लागेको काम रोकिएला, आज अलिक सजग भएर कार्य गर्नु राम्रो पक्ष हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>