देश/प्रदेश
नेपाली सेनाका तीन सहायक रथी उपरथीमा पदोन्नति
०

काठमाडौं, वैशाख १६-
नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति हुनुभएको छ । यही वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजङ्ग बस्नेतलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।
प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आज आयोजित समारोहमा उहाँहरुलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृतलगायत पदोन्नति हुनुभएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























