देश/प्रदेश
सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा मानव कङ्काल फेला
०

सर्लाही,वैशाख १६ –
सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला परेको प्रहरीले जनाएको छ ।
घाँस काट्न गएका स्थानीयवासीले भरत ताल छेउमा कङ्काल देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले यस सम्बन्धि अनुसन्धान अघि बढाएको छ । न्यूज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























