देश/प्रदेश

हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति

Banner

गण्डकी, वैशाख १६-

पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा क्षति पुर्याएको छ । पोखरा र आसपासका क्षेत्रमा समान्यतः हरेक दिन साँझ हुरी तथा चट्याङसहितको वर्षाले विशेषगरी लहरे तरकारी, मकैबाली आदिमा क्षति पुर्याएको किसान बताउँछन् ।

पन्ध्र दिनअघि आएको असिनाका कारण तरबुजा, काँक्रोजस्ता लहरे बालीमा क्षति पुर्याएकामा केही दिनयता आउन थालेको हुरी तथा चट्याङसहितको पानीले तरकारीखेतीसँगै पशुधनमा समेत क्षति पुगेको पोखरा–३३ सुरौदीमा सञ्चालित तिखेढुङ्गा पशुपालन तथा कृषि फार्मका सञ्चालक रमेश आचार्यले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसोको हुरीसहित चट्याङ पर्दा फार्ममा पालिएको भैँसीको मरेको उहाँले बताउनुुभयो । कृषिमा केही गरौँ भनेर लागे पनि प्रकृतिजन्य जोखिमले आफूहरू समयसमयमा मर्कामा पर्ने गरेको जनाउँदै उहाँले किसानको पीडालाई राज्यले बुझ्नुुपर्ने बताउनुुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>