Uncategorized

बँदेलको आक्रमणबाट एकको मृत्यु

Banner

बरहथवा (सर्लाही), वैशाख १४-

जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ (दावा) को आक्रमणबाट मृत्यु भएको हो ।

बँदेलको आक्रमणबाट घाइते हुनुभएका थिङको उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

प्रहरी टोलीले मध्यराति नै घटना स्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएको छ । जङ्गली बँदेलले खेतमा लगाएको मकैमा क्षति गरे पछि थिङ केही दिनदेखि मकै रेखदेशका लागि खेतमा बस्दै आउनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>