देश/प्रदेश
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर
०

काठमाडौं, वैशाख १३-
सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती डोजर चलाएको छ ।
सरकारले भक्तपुरको मनोहरा खोला किनारमा बनाइएको अनधिकृत संरचनामाथि आइतबार विहान डोजार चालाएको हो । काठमाडौं महानगरपालिकाको डोजरसहितको टोलीले घरटहरा भत्काउन सुरु गरेको हो ।
शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो । आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन थालिएको हो ।
सरकाले शनिबार काठमाडौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका संरचना भत्काएको थियो । न्यूज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























