समाचार
मनोहरामा डोजरमाथि ढुंगामुढा, एक दर्जन प्रहरी घाइते ‘ब्याक’ भयो टोली
०

काठमाडौं, बैशाख १२
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, मनोहरा टोलमा डोजरमाथि ढुंगामुढा गरिएको छ । शनिबार साँझ सुकुम्वासी बस्तीका घरटहरा भत्काउन परिचालित डोजरमाथि आक्रमण गरिएको हो ।
डुंगामुढाबाट १२ प्रहरी घाइते भएका काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एवं एसपी विष्णु जोशीले जानकारी दिए ।
बस्ती खाली गराउन गएको प्रहरी टोली ढुंगामुढासँगै ‘ब्याक’ भएको उनले बताए । शनिबारै थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती खाली गराइएको थियो । त्यसपछि मनोहरास्थित सुकुम्वासी बस्तीका घरटहरा भत्काउने कार्य अघि बढाइएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























