राजनीति

महान्यायाधिवक्ता कंडेललाई पदबाट हटाउन सर्वोच्चमा रिट

Banner

काठमाडौं, बैशाख ९- 
महान्यायाधिवक्ता नारायणदत्त कडेललाई पदबाट हटाउन ‘अधिकारपृच्छा’को आदेश जारी गर्न मागसहित सर्वोच्च अदालतमा तीनवटा रिट दायर भएका छन् । अधिवक्ता माधवकुमार बस्नेत, दीपकराज जोशीसमेतले भिन्नाभिन्नै रिट निवेदन दर्ता गरेका हुन् ।

महान्यायाधिवक्ता कडेलको योग्यतामाथि प्रश्न उब्जाउँदै पदबाट हटाउन राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री बालेन्द्र शाह, कानुनमन्त्री सोबिता गौतम र नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त भएका अधिवक्ता डा. नारायण दत्त कडेलका नाममा अन्तरिम आदेश जारी गर्न रिटमा माग छ ।

यसअघि सोही प्रकृतिको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्चका न्यायाधीश डा।मनोज शर्माको एकल इजलासबाट कारण देखाउ आदेश नगरी प्रशासनिक तबरबाट भएको दरपीठ आदेश सदर भएको थियो । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले रिट दर्ता भएको पुष्टि गर्दै पहिलेभन्दा फरक माग राखेर रिट आएको बताए ।

रिट निवेदक बस्नेतका अनुसार, सर्वोच्चमा बिहीबार (वैशाख १०) मा सुनुवाइको पेसी तय भएको छ । संविधानअनुसार योग्यता नै नभएका व्यक्तिलाई प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गरिएको संवैधानिक र कानुनी प्रश्न सर्वोच्चमा उठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>