राजनीति

मन्त्रालयबाट मुस्कुराउँदै निस्किए सुधन

Banner

काठमाडौं, बैशाख ९-

विवादका बीच पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री सुधन गुरुङ मुस्कुराउँदै मन्त्रालयबाट बिदा भएका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएलगत्तै गृह मन्त्रालय पुगेर उनी निजी सवारीमा फर्किएका हुन्।

अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी सार्वजनिक भएपछि गुरुङमाथि राजीनामाको चौतर्फी दबाब परेको थियो।

२६ दिनअघि मात्रै नियुक्त भएका उनले आफूमाथि निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गरेको बताउँदै पद त्याग गरेका हुन्। मन्त्रालयबाट बाहिरिने क्रममा गुरुङको हाउभाउ निकै स्वभाविक देखिन्थ्यो। उनले त्यहाँ उपस्थित सञ्चारकर्मीहरूलाई मुस्कुराउँदै हात जोडेर अभिवादन गरे र निजी गाडीमा बाहिरिए। प्रधानमन्त्री बालेन शाहले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने निर्णय गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>