देश/प्रदेश

खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम

Banner

काठमाडौँ, वैशाख ९  –

राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र संयुक्त राष्ट्रसङ्घीय बसोबास कार्यक्रमको संयुक्त आयोजनामा खानेपानी उपभोक्ता समितिहरुका लागि क्षमता विकास तालिम आयोजना गरिएको छ ।

आजदेखि सुरु भएको उक्त तालिम तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले जनाएको छ । देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका खानेपानी उपभोक्ता समितिहरुलाई सशक्त बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो ।

देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समिति तथा खानेपानी व्यवस्थापन बोर्डसहित २४ वटा संस्थाबाट ४५ जना प्रतिनिधिहरुको सहभागिता रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय साना सहकारी महासङ्घका अध्यक्ष खेम ओली, नगरविकास कोषका सुवासराज पन्त, खानेपानी मन्त्रालय योगेन्द्र चित्रकार, खानेपानी विभागका सुरत बमलगायत प्रशिक्षक हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>